फागुन १, काठमाडौँ । आज सुनको भाउ ह्वाट्टै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार सुनको भाउ १५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको भाउ भने प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार २० रुपैयाँले बढेको हो ।
महासँघका अनुसारका अनुसार अन्तिराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालामा पनि सुनको भाउ लगातार बढ्न थालेको छ ।