एमालेले कारबाही गरेका १४ सांसदको रिट पेसीमा चढ्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ फागुन १, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही र एकीकृत समाजवादी पार्टी खारेजको मागसहित हालेको रिट आइतबार पेसीमा चढेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतवार यो मुद्दाको सुनुवाइ हुने भएको छ ।

एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक स्थगित हुँदै आएको थियो । नयाँ दल दर्ताविरुद्ध ओलीले वारिसनामामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो ।

रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको थियो । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस