फागुन २, काडमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज दलको बैठक बोलाएको हो ।
महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । आज बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गर्नेछ । हिजोको बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।