कामु प्रधानन्यायाधीश कार्कीले डाके पूर्ण बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन २, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन २, काडमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको हो ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ । आजको पूर्ण बैठकमा राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनमा आन्दोलनरत रहेका न्यायाधीशहरु पनि सहभागी हुने भएका छन् ।

हिजो महाअभियोगको प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा भएसँगै वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश बनेका हुन् । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन ।

सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट वैठक बस्यो । त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो । यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस