फागुन २, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्प्यानियोललाई बराबरीमा रोकेको छ । आईतबार राति खेलको अन्तिम मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् ।
हारको नजिक पुगेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोलीसँग २–२ गोलको बराबरी खेलेको हो । पेड्रीले भली गोलमार्फत बार्सिलोनालाई सुरुवातमै अग्रता दिलाएका थिए ।
सर्जी डार्डरले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा राहुल डी थोमसले स्प्यानियोललाई अघि बढाएका थिए । इन्जुरी समयमा वैकल्पिक खेलाडी डे जोङले एडमा ट्रओरेको क्रसमा हेड गर्दै अंक दिलाउन सफल रहे ।
बार्सिलोनाले एक अंक जोड्दै एट्लेटिको मड्रिडलाई उछिन्दै चौथो स्थानमा पुगेको छ । बार्सिलोना ३९ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । स्प्यानियोल २८ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।