चारदेशीय टी–२० सिरिजः नेपाल र आयरल्याण्ड भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन २, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २, काठमाडौँ । चारदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दैछ । ओमानको अलअमरेत क्रिकेट स्टेडियममा नेपाल र आयरल्याण्डबीचको खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् । नेपाल–आयरल्याण्ड दुवै टोली युएईसँग पराजित भएका थिए । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित हासिल गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी–२० म्याच खेलेका थिए ।

आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो प्रतियोगितामा पहिलो खेल १८ फेब्रुअरीमा ओमानको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस