शेयरबजार ओरालो लाग्ने क्रम रोकियो,आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन २, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २,काठमाडौँ । हिजो आइतवार एक सय अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार भने सामान्य बढेको छ । आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस