फागुन २,काठमाडौँ । युरोपली प्रकाशक परिषद ९इपिसी०ले शुक्रबार गुगलको डिजिटल विज्ञापन व्यवसायको विरुद्धमा अविश्वास प्रकट गर्दै युरोपेली आयोगमा उजुरी दर्ता गराएको छ ।
गुगलले सन् २०२० मा अनलाइन विज्ञापनबाट करीब १ खर्ब ४७ अर्ब डलर आम्दानी गरेको थियो जुन अन्य कुनैप्नि कम्पनीको तुलनामा बढि हो । यसमा सर्च इन्जिन, युट्युब तथा जिमेल विज्ञापनबाट भएको आम्दानीको हिस्सा अधिक छ ।
गुगल विरुद्ध युरोपेली आयोगमा उजुरी दर्ता गराउने युरोपेली प्रकाशक परिषदमा एक्सल स्प्रिंगर, न्यूज युके, कोन्डे नास्ट, बोनियर न्यूज तथा प्रेसा इबेरिका लगायतका सञ्चार संस्थाहरु सामेल छन् । गुगलको प्रविधिका कारण प्रेस तथा प्रकाशकहरु पूर्णरुपमा गुगलको कब्जामा परेको उनीहरुको आरोप छ ।
प्रकाशन परिषदका अध्यक्ष क्रिश्चियन वान थिलोले गुगललाई वास्तविक रुपमा परिवर्तन गर्ने खालको फैसला युरोपेली आयोगले गर्ने समय आएको बताएका छन् । विज्ञापन प्रविधिको मूल्य श्रृंखलामा तलदेखि माथिसम्म गुगलको कब्जा रहेको उनको भनाई छ ।