यस्ता छन् कांग्रेस संसदीय दलको बैठकका एजेण्डा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ३, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ३, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्ने छ ।

बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने एजेण्डा छ । यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस