ए डिभिजनः आज दुई खेलहरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन ३, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन् । यी दुईको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

१० खेलबाट जम्मा ५ अंक जोडेरको च्यासल अन्तिम स्थानमा रहेको छ । ब्रिगेडको समान १० खेलबाट ६ अंक छ । यस्तै जारी लिगमा जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११ औँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा यी दुईबीचको खेलमा दिउँसो १ बजे नै हुनेछ ।

अन्तिमबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्स क्लबले समान १० खेलबाट ६ अंक जोडेको छ । जारी लिगमा १० खेलबाट २६ अंक जोडेर मछिन्द्र पहिलो र २० अंक जोडेर मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस