धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ३, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ३, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो ।

समितिले अन्तिम छनौटमा परेका ५ जनाको अन्तर्वाता र प्रस्तुतिकरणपछि ३ जनाको नाम सिफारिस गरेको हो । अन्तिम ५ मा परेका मध्येबाट निरज गिरी र खगेन्द्र कटुवालको नाम छनौटमा नपरेको हो । अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो । बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस