साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७८ फागुन ३, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन ३,काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । उनलाई ताना शर्मा भनेर पनि चिनिन्छ ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्मा ‘झर्रोवादी आन्दोलन’का एक अगुवा थिए। साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।

डा.शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येटी गरिने परिवारले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस