माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ४, काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ । बैठक विहान १० बजे बस्न लागेको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक विहान साढे ११ बजे बोलाइएको छ ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस