नेपाल बन्दको प्रभाव सामान्य, उपत्यकाबाट २३ बन्दकर्ता पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ४, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ४, काठमाडौँ । एमसीसी सम्झौताको बिरोधमा बन्द गराउन निस्केका २३ बन्दकर्तालाई काठमाडौं उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । एमसीसीको बिरोधमा ६ वटा राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।

बन्दका क्रममा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने काभ्रेका ५० वर्षीय मंगलबहादुर मोक्तानलाई पेट्रोलसहित प्रहरीले पक्राउ परेको छ । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेको प्रहरीले बताएको छ ।

काठमाडौँ उपत्यकामा नेपाल बन्द प्रभावहिन देखिएको छ । चोकचोकमा प्रहरी परिचालन गरिएको छ । उपत्यका बाहिरका अन्य ठाउँमा पनि सामान्य प्रभाव छ । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका मोहन वैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, समाजवादी सहितका दलले बन्द आयोजना गरेका हुन् । आजको बन्दलाई सफल पार्न भन्दै आन्दोलनरत ६ दलले मंगलबार साँझ मशाल जुलुस प्रदर्शन गरेका थिए ।

गृह मन्त्रालयले भने नेपाल बन्दलाई निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएको छ । मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी गृहले नेपाल बन्दमा कानुन विपरितका गतिविधि हुन नदिन र शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस