यी हुन् आजको प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा भएपनि संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ ।

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस