सासुको हत्या आरोपमा दुई महिला पक्राउ

फागुन ६, काठमाडौं । छिमेकीसँग मिलेर आफ्नी सासुको हत्या गरेको आरोपमा प्रहरीले दाङबाट दुई महिलालाई पक्राउ गरेको छ । हत्या आरोपमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुले ५५ वर्षीया सासु इन्द्रकुमारी घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। बसन्ती इन्द्रकुमारीकी बुहारी हुन् । घरायसी विवादका क्रममा बुधबार बिहान बसन्तीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बसन्तीले टाउकोमा काठको मुंग्रोले हिर्काएपछि बेहोस भएकी इन्द्रकमारीलाई छिमेकी दुर्गाको सहयोगमा बसन्तीले घरनजिकैको बारीको ढिकबाट खोल्सोमा खसालेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको डीएसपी रिजालले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply