काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु भेटियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो ।

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ ।

अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीले उतै रोकिएको प्रहरीले जनाएको छ । अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी प्रहरीले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस