एमालेले संसद अवरोध गरिरहने, कार्यव्यवस्था समितिको बैठकमा पनि नजाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध आज पनि जारी राख्ने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पार्टीको अवरोध जारी नै रहने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने बताए । ‘हामीले उठाउदै आएको माग सम्बोधन नभइ संसद सुचारु हुने अवस्था छैन,’ उनले भने, ‘आज पनि अवरोध कायमै हुन्छ ।’

त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले नजाने भएको छ । प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए ।

एमालेले आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस