हिंसा भड्काउने विचार स्वीकार्य छैन : र्‍याण्डी बेरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ६, काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीका बिषयमा नेपालमा चर्कोरुपमा बिरोध हुन थालेपछि अमेरिकाले आफ्नो धारणा सार्बजनिक गरेको छ । संसदमा एमसीसी टेबल हुन नसकेपछि अमेरिकाले हिंसा भड्काउने विचार स्वीकार्य नहुने चेतावनी दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीट गर्दै शान्तिपूर्ण बहस गर्न छुट भए पनि हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएका हुन् । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसिसीको बिषयमा पनि आफ्नो धारणा त्यही भएको बताउँदै राजदूत बेरीले हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

एमसिसी संसदमा टेबल गर्ने विषयमा सत्तारुढ गठबन्धन नै विभाजित देखिए पछि अहिले सरकारमै रहेका दलका भातृ संगठनहरुले समेत दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस