कागज किर्ते गरि दुई नागरिकता लिने युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ६, पर्वत । नक्कली कागजात बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय आशिष केसीलाई पक्राउ गरिएको हो ।

आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदाहुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र सङ्कलन गरी पुनः अर्को नागरिकता प्रमाणपत्र लिएको पाइएको इन्स्पेक्टर अधिकारीको भनाइ छ । उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र उपर छानबिन गरी आवश्यक कारबाहीका लागि पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रहरीमा गएको पत्र अनुसार शुक्रबार नै केसीलाई नियन्त्रणमा लिइएको हो । केसीका विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते गर्न नहुने’ मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस