कोरोना संक्रमण दर घट्दै, २,४५४ जना निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ६, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ६, काठमाण्डौ । नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी नौ हजार ९१ जनाको नमूना परीक्षण गर्दा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ४ सय ५४ जना निको भएका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २४ हजार आठ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस