एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ । आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा बनाउने बताइएको छ ।

यस्तै आजको स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने पार्टीका महासचिव डा. वेदुराम भुसालले बताए ।

एकीकृत समाजवादीले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएको छ । शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग गरेका थिए । उनको आग्रह अनुसार प्रधानमन्त्री देउवाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस