सिरी एः युभेन्ट्स र टोरिनोको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन ७, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ७, काठमाडौँ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकिएको हो । खेलको १३ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै युभेन्ट्सले २६ खेलमा ४७ अंक जोडेको छ । युभेन्ट्स लिगको चौंथो स्थानमा रहेको छ । टोरिनो ३३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस