संसदको अवरोध हटे एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ७, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने भएको छ । नयाँबानेश्वरस्थित एक होटलमा बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाले यसका निम्ती नेकपा एमालेले गरिरहेको संसद गतिरोध भने हट्नुपर्ने एकीकृत समाजवादीको सर्त रहेको बताए । उनले भने, ‘संसद अवरोध हटेर एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्ने बैठकको निर्णय रहेको छ ।’ बैठकले एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।

यस्तै, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले बताए ।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस