थप ३५० जनामा कोरोना संक्रमण, १,२७२ जना संक्रमित निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ७, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५० जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १२ सय ७२ जना कोरोना संक्रमण भएर निको भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । हाल नेपालमा १३ हजार ३५७ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै ११ हजार ९१७ जनाको कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार गत एक दिनमा ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस