सराङकोटडाँडासम्म केबुलकार सरर…

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ७, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ७, पोखरा । पोखराको पर्यटकीय स्थल सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्ने यो नै पहिलो केवलकार निर्माण गरेको हो ।

केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २ सय ६५ मिटर लामो रहेको अन्नपूर्ण केबल कारका निर्देशक तिर्थ त्रिपाठीले बताए । १३ वर्ष अगाडि जापानको कम्पनीले अध्ययन भएर २ अर्बभन्दा बढी लगानीमा निर्माण भए्रको केबलकारको शुक्रबारदेखि परिक्षण सेवा शुरुवात गरिएको निर्देशक त्रिपाठीले बताए ।

उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताउँदै हाल आधा क्षमतामा मात्रै सञ्चालनमा आएको जानकारी दिए । यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गराउन सक्ने रहेको उनले बताए । हाल १७ वटा गोण्डला सञ्चालनमा छन् ।

उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने पनि बताए । केबुकारले आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरिएको अन्नपूर्ण केबुलकारका अध्यक्ष कालु गुरुंगले बताए । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उनले बताए ।

कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ तथा तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको कम्पनीका निर्देशक त्रिपाठीले बताए । केबल कारमा ज्येष्ठ नागरिक र अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै उक्त केबल कारमा स्थानीयवासीबाट २५ प्रतिशत र अन्य व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस