एमसीसी स्विकार गर्ने वा नगर्ने नेपालको निणर्य हो : अमेरिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ८, काठमाडौं । अमेरिकाले आफ्नो सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्विकार गर्न वा नगर्न नेपाल स्वतन्त्र रहेको जनाएको छ । शनिबार काठमाडौंस्थित अमेरिकी दुतावासले एक विज्ञप्तीमाफर्त एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

“५० करोड डलर बराबरको यो एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरू बीचको  एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ” विज्ञप्तीमा भनिएको छ, “नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो ।”

एमसीसीका लागि नेपाल सरकारले नै आग्रह गरेको दुतावासले उल्लेख गरेको छ । एमसीसीले पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको उसको दाबी छ ।

नेपाल र अमेरिकाबीचको साढे सात दशक लामो सम्बन्धका बीचमा उसले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य लगायतमा सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ ।

सत्तारुढ गठबन्धनका दलहरू नै एमसीसीबारे विभाजित भइरहेका वेला अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो । २०७४ मा भएको सम्झौता अनुसार पाउने अनुदान नेपालले  विद्युत प्रसारण लाइन बनाउन र सडक सुधारमा खर्च गर्ने भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस