१५ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे सेवा बन्द गर्ने चेतावनी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ८, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १५ दिनभित्रमा सडक बत्ती जडान गरेको बक्यौता नतिरे स्थानीय तह र उपभोक्ताहरूको विद्युत सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गरी यो समयसम्म बाँकी सबै भुक्तानी नगरे सेवा बन्द गर्ने जानकारी दिएको हो ।

‘प्राधिकरणबाट स्वीकृत लिई महानगरपालिका,उप(महानगरपालिका,नगरपालिका तथा गाउँपालिका वा उपभोक्ताहरुले जडान गरेका सडक बत्तीहरुको बक्यौता तिर्न आनाकानी गरेका छन,’सूचनामा उल्लेख छ ।

केही स्थानीय तहहरुले मासिक विद्युत बिल तिर्न समर्थन समेत नगरेको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस