गठबन्धन बैठकः एमसीसी संसदमा टेबल गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ८, काठमाडौँ । सत्ता साझेदार पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको हो ।

बैठकपछि जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबुल हुने बताए । यादवले भने, “गठबन्धनमा सहमति भएको छ । आज संसद्‌मा टेबल हुन्छ ।”

एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन् ।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतनलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस