एमसीसी टेबल गर्ने निर्णयमा झलनाथ खनालको असहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति असहमति जनाएका छन् छन् । उनले संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको बताए ।

एमसीसी संसदमा टेबल गर्ने गठबन्धनको सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।’

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस