राष्ट्र बैङ्कद्वारा १० अर्बको विकास ऋणपत्र जारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

फागुन ८, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ । पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘च’ जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा आम सर्वसाधारणले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।

प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड छुट्याइएको छ । ऋणपत्रका इच्छुक लगानीकर्ताले फागुन ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

फागुन ८ गते निष्कासन हुने ऋणपत्र २०८३ फागुन ९ गते साँवा भुक्तानी हुने तथा बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने विकास ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । साथै ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस