फागुन ८, काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज शेयर परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो ।
त्यस्तै, नेप्सेका अनुसार आज कारोबार रकम बढेको छ । गत बिहीबार २ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ४ अर्ब ८ करोड ६४ लाख बराबरको रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ । आज तेह्रथुमको शेयरमूल्य ८.६४ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ७९ रुपैयाँ पुगेको छ भने युनाइटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको हो ।
त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रु रु जलविदुत परियोजना र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । त्यस्तै, अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह आज राताम्मे देखिएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ५८ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।