थप २६२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ८, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नौ हजार ८१५ जनाको स्वाब परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९२१ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्‍ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस