संस्थाको वर्गीकरण गर्न नेप्सेले माग्यो विवरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ९, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण माग गरेको छ । फागुन ८ गते एक सूचना जारी गर्दै नेप्सेले उक्त संस्थाहरुलाई आवश्यक विवरण बुझाउन माग गरेको हो ।

नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप दोश्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी फागुन २३ गतेभित्र बुझाउन आग्रह गरेको हो ।

यससँगै, सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी दुई साताभित्रमा नेप्सेमा पठाईसक्नु पर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस