एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ९, सोमबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले एमसिसीविरुद्ध वातावरण बनाउने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एमसिसीमा हाम्रो अडान यथावत् छ । हिजो सरकारले संसदमा पेश गरेको एमसिसीको विपक्षमा मतदान गर्ने र वातावरण तय गर्न पहल गर्ने निर्णय गरेका छौँ ।’

एमसिसी पास गर्ने शर्तमा सरकारमा नगएको उनले प्रष्ट पारे । प्रवक्ता खतिवडाले भने, ‘सरकारभन्दा देश ठुलो हो । हामी राष्ट्रियताको पक्षमा उभिन्छौँ । सरकारमा बस्ने र बाहिर जाने कुरा परिस्थितीले तय गर्छ ।’

यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । सरकारले हिजो बसेको संसद् बैठकमा एमसीसी टेवल गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस