शेयर बजारमा हरियाली, कारोबार भने घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन ९, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार घटेको शेयर बजार आज सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार २५.४१ अंकले बढेर नेप्से परिसूचक २७१८.५१ अंकमा उक्लिएको छ ।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज २२४ कम्पनीका ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ ह्जार ७२ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बजार बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूह ६६.२८ अंकले बढेको हो । आज २ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यूनाइटेड इदी मर्दी र गुराँस लघुवित्तको शेयर मूल्य क्रमशः १० र ९.६५ प्रतिशतले बढेको हो ।

नेप्सेका अनुसार आज नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ५० लाख १३ हजार ५ सय ६०.४० रुपियाँ बराबरको कारोबार भएको हो । हिजोमात्रै ७० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको जीवन विकास विकास लघुवित्तको भने २६ करोड ३ लाख २३ हजार ८ सय ४५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस