बारको निर्वाचनको तालिका प्रकाशित, आज मतदाता नामावली प्रकाशित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १०, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ ।

निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएशनको निर्वाचन प्रक्रिया सुरु हुनेछ । १९ चैतमा हुने निर्वाचनबाट १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन भए पछि १३ फागुन भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ भने सो प्रक्रिया आरम्भ भएको ५ दिन पछि १९ फागुनमा जाँचबुझ गरी २० फागुनमा अन्तिम नामावली प्रकाशन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

१९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस