फेवातालको सतह आजदेखि घटाइने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन १०, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन १०, पोखरा । पोखरामा रहेको फेवातालको सतह १० दिनका लागि घटाइने भएको छ । पोखरा महानगरपालिका–१७ अन्तर्गत सिद्धार्थ राजमार्गको बिरौटा चोकदेखि पश्चिमा रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीको सिँचाई नहरमा पर्ने कल्भर्ट मर्मत गर्न पानीको सतह घटाउन लागिएको हो ।

कल्भर्टको दुवैतर्फको भागलाई चौडा पार्न लागिएको र त्यसका लागि पानीको सतह घटाउनुपर्ने अवस्था रहेकाले बाँध खोलेर तालको पानी घटाउन लागिएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका कार्यालय प्रमुख किरण आचार्यले बताए ।

फेवातालको पानी नघटाई कल्भर्ट मर्मत थाल्दा नहरको गेट बन्द गरे पनि पानीको ओभरफ्लोका कारण काम गर्न नसकिने भएपछि सतह घटाउनै पर्ने अवस्था आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस