बृषेशचन्द्र लाल र विजयकुमार सिंहले त्यागे लोसपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १०, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुुन १०, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन् । उनीहरुको नेतृत्वमा करीब एक सयभन्दा बढी कार्यकर्ताहरुले पनि पार्टी परित्याग गरेका छन् । मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन् ।

नेता लालले मधेसी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले त्यसैमा आवद्ध भएको जानकारी दिए ।

यस्तै सिंहले मधेसी जनविद्रोहबाट जन्मेका शक्तिहरू विस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको बताए । महन्थ ठाकुर नेतृत्वको लोसपा छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्यूँताउने अन्तिम तयारीमा जुटेका छन् ।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो । धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस