टी–ट्वान्टी विश्वकपमा पुग्न नेपाल असफल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन १०, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । नेपाल पराजित भएसँगै अष्ट्रेलियामा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस