ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री बालकृष्ण खाण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ फागुन ११, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । आज बिहान गृहमन्त्री खाणले अध्यक्ष ओलीसँग झण्डै एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए । तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएको छ ।

देउवाले आफ्नो दूतका रुपमा गृहमन्त्री खाणलाई आज बिहानै बालकोट पठाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस