ओली-खाण भेटः एमसीसीको अडानबाट पछि नहट्ने जवाफ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन ११, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेका छन् । ओलीनिवास बालकोट पुगेर गृहमन्त्री खाँणले ओलीलाई संसदको अवरोध हटाएर एमसिसी पास गर्न सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटमा ओलीले आफ्नो अडानबाट पछि हट्न नसक्ने जवाफ दिएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘तपाईंहरूले संसदमा सबैभन्दा ठूलो दल एमालेलाई उपस्थितिको वातावरण बनाउनुभएको छैन । पहिला त्यो वातावरणको तय गर्नुस् । कुनै पार्टीलाई एउटा हामीलाई फरक कानुन किन लगाउनुभयो? सभामुखको दुरुपयोग गरेर हामीले गरेको कारबाही किन रोक्नुभयो’ ओलीको भनाइ उदृत गर्दै बजगाईंले भने ।

यसअघि गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डसँग समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको गृहमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच एमसीसी अनुमोदन गराउन सहमतिको प्रयास भएको छ । एमसिसी आगामी फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्नुपर्ने समयसिमा तोकिएको छ ।

प्रतिनिधिसभाको आगामी बैठक फागुन १२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस