काठमाडौंमा वर्डफ्लु भेटियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ फागुन ११, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । तारकेश्वर नगरपालिका-७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ । प्रहरी वृत्त बालाजुका अनुसार वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखरा नष्ट गरिएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

यसअघि, सरकारले चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा-३ गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो ।

बर्डफ्लु पक्षीबाट मानिसमा सर्न सक्ने भएकाले थप जोखिम हुन नदिनका लागि बर्डफ्लु देखिएपछि सरकारले हाँस, कुखुरा, टर्की जस्ता पक्षीहरूलाई नष्ट गर्ने गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस