राष्ट्र उत्थानको आईपीओ आज बाँडफाँड हुदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ फागुन १२, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन, १२, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज बिहिबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहीबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३८.३० गुणा बढीको आवेदन परेको छ । आईपिओमा गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाउने छन् । आवेदन दिएका मध्ये २५ लाख ४६ हजार जना आवेदक हात खाली हुने छन् ।

राष्ट्र उत्थानले फागुन ४ देखि  ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । ८ लाख ५० हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस