ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७८ फागुन १२, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन, १२, काठमाडौँ । आज सुनचाँदीको मूल्य ह्वाट्टै बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रहेको छ । बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय रहेको छ । बुधबार ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैँयाले बढेर प्रतितोला १३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस