थानकोटमा माइक्रो र मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

Post Thumbnail

फागुन १३,काठमाडौँ । काठमाण्डौको थानकोटमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको हो । उनको ठेगाना खुल्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस