रुसी सेना राजधानी किएभमा पस्यो: युक्रेन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन १३, शुक्रबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो ।

‘शत्रु’ (रुसी सेना) राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेका युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । यस्तै मन्त्रालयले नागरिकहरूलाई पेट्रो बमको माध्यमबाट जवाफी कारबाही गर्न सुझाव दिएको छ ।

सामाजिक सञ्जालमा देखिएका भिडियोमा रुसी सेनाको ट्याङ्क ओभोलोन वरिपरि देख्न सकिन्छ । ओभोलोन राजधानी किएभ नजिकको क्षेत्र हो ।

रुसले युक्रेनमाथि हिजो बिहीवार आक्रमण सुरु गरेको थियो । त्यो घोषणापछि रुसी सैनिक विभिन्न भागबाट युक्रेन पसिरहेका छन् ।

युक्रेनी अधिकारीहरूले रुसी सैनिक राजधानी किएभमा पसिसकेको बताएका छन् । साथै रक्षा मन्त्रालयले नागरिकहरूलाई सेनामा समावेश हुन आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस