महादेवस्थान माध्यमिक विद्यालयमा फुड फेस्टिबल: विद्यार्थी आफैंले बनाए विभिन्न परिकार

Post Thumbnail

फागुन १३,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ५ स्थित महादेवस्थान माध्यमिक विद्यालयले खाद्य मेला तथा फुड फेस्टिवलको आयोजना गरिएको छ । पेशा, व्यवसाय र प्रविधी शिक्षा विषय अन्तर्गत विद्यार्थीहरुको सिकाई अभिवृद्धीका लागि मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताए ।

यस्तो किसिमको मेला यस अघिका वर्षहरुमा पनि आयोजना हुँदै आएको थियो । खाद्य मेलामा विद्यार्थीहरुले बनाएका खानाका विभिन्न परिकारहरु प्रर्दशन गरिएको थियो । उक्त परिकारहरु विद्यालयका शिक्षक, विद्यार्थी लगायत अन्य उपस्थित सरोकारवाला व्यक्तिहरुले खरिद गरेर भोजन गरेका थिए । विद्यार्थीहरुले बनाएको खानाका परिकार स्वादिष्ट रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषी ढकाल लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस