देउवा र ओलीबीच आज पनि भेटर्वाता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १४, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटर्वाता हुने भएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवासँग शनिबार पनि वार्ता हुने बताए ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् । सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन् ।

शुक्रबार राति एमाले अध्यक्षसहित एमाले नेताहरुसँगको छलफलका लागि देउवासहित कांग्रेस नेताहरु बालकोट पुगेका थिए । बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको एमाले उपमहासचिव ज्ञवाली बताउँछन् ।

कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बालकोटको वार्तामा प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा एमसीसी संसद्‌बाट पारित गराउनुपर्ने मुख्य विषय भएकाले यसमा सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले भने आफूहरुलाई संसदीय प्रक्रियामा सहभागी गराउन १४ सांसद्लाई कारबाही गरिएको सूचना सभामुखले टाँस गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस