ए डिभिजनः आज अन्तिम चरणका तीन खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ फागुन १४, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल आज शनिबारबाट सकिदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज शनिबार अन्तिम तीन खेलहरु हुँदैछन् । जसमा दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने टोलीको टुंगो यस अघि नै लागिसकेको छ । मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ १२ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने दोस्रो खेलमा च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । लिगको अन्तिम खेलको रुपमा रहेको मछिन्द्र र एपीएफको खेल ४:३० बजे सुरु हुनेछ ।

मछिन्द्र १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

एनआरटी २० अंक जोडेर चौंथो स्थानमा रहेको छ । पुलिस १२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस